Logo

‘ओमिक्रोनलाई हल्का रूपमा नलिनुहोस् यसमा खोप प्रभावहीन हुन सक्छ’



एजेन्सी, २९ मंसिर । भारतको कोविड टास्क फोर्सका प्रमुख वीके पलले भाइरसको परिवर्तनशील रूपहरू अनुसार खोप प्लेटफर्महरू विकास गर्नुपर्ने बताएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टको फैलावटको चिन्ताको भइरहेको बेला डा. पलले बिहीबार भारतमा भाइरस एक चरणमा सरेको देखिएको बताए । यसलाई कम वा मध्यम संक्रमण निम्त्याउँने ‘एन्डेमिसिटी’ अवस्थामा रहेको पनि जानकारी दिए ।

डा पलले भने, ‘भाइरसको अगाडि हाम्रो खोप प्रभावकारी नहुने अवस्था पनि हुन सक्छ। ओमिक्रोनसँग विगत तीन हप्तामा हामीले त्यस्ता अवस्थाहरू देखा परीसकेका छन् । यद्यपि हामीसँग अझै पूर्ण जानकारी छैन, त्यसैले खोपको प्रभावकारीता बारे निश्चित रूपमा केहि भन्न सकिदैन।’ यद्यपि उनले भाइरसलाई हल्का रूपमा लिन नहुने भन्दै चेतावनी दिए।

भारतले प्रत्येक वर्ष फ्लू जस्तो समस्याको सामना गरिरहेको डा.पलको भनाइ छ। उनले भने, “एउटै प्लेटफर्म प्रयोग गर्ने, तर नयाँ भेरियन्टमा प्रभावकारी हुने खोप हामीले कति चाँडो बनाउन सक्छौं। हामीले आवश्यकता अनुसार खोप परिमार्जन गर्न सक्ने अवस्थाका लागि आफूलाई तयार गर्नुपर्छ।”
कोरोनाले भाइरसलाई हल्का रूपमा लिन सकिँदैन भनेर सिकाएको पनि बताए । उनले स्वास्थ्यमा सृजना भइरहेको अनिश्चिततातर्फ ध्यान दिनुपर्ने बताए । उनले महामारीको अन्त्य नभएको भन्दै हामी अनिश्चितताको सामना गर्न तयार रहन पर्नेमा जोड दिए ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि तिब्र गतिमा फैलिरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्