Logo

एउटै घरमा बस्दै आएका सालाले गरे भिनाजुको हत्या



सुनसरी, २९ मंसिर । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भिनाजुकै घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको बिराटनगर नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्