काठमाडौं, २९ मंसिर । जावलाखेलस्थित अल्का अस्पतालले बाथरोग सम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने भएको छ ।
अस्पतालले आफ्नै परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।
बाथरोग सम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले प्रत्येक दिन १ सय जना बिरामीहरुलाई जाँच र निःशुल्क औषधि वितरण गरिने अस्पताल प्रशासनले जनाएको छ।
निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि बिरामीले निशुल्क सेवा पाउने भएका छन् ।
सिबिसी, इसिआर, युरिक एसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याबजाँच डाक्टरको सिफारिसमा निशुल्क गर्ने अस्पतालले जनाएको छ ।