Logo

प्रधानमन्त्री देउवानै एमसीसीको विरुद्धमा रहेको नेता बास्तोलाको खुलासा



काठमाडौं, २९ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कन्युनिष्ट पार्टीका नेता तथा अन्तरराष्ट्रिय बिभागका प्रमुख धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवा भित्रभित्र एमसीसीको विरुद्धमा रहेको खुलासा गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा हिजो राति पत्रकार ऋषि धमलासँग बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भित्री मन एमसीसी कुनै पनि हालतमा पास नगर्ने रहेको दाबी गरेका हुन् ।

‘मैले प्रधानमन्त्रीका निकटका मान्छेहरुसँग कुरा गरेको छु, बुझेको छु । उहाँको भित्री चाहना भनेको एमसीसी पास नगर्ने रहेको छ । जसले सहमति गर्यो तिनले गल्ती गरे भन्ने प्रधानमन्त्री ज्यूको भित्री मन छ’ उनले भने ।

साथै, उनले नेपालका सबै उच्च तहका नेताहरु पुस्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, केपी शर्मा ओली एमसिसिको विरुद्धमा रहेको दाबी गरे ।

उनले एमसीसी राष्ट्रिघाति र जनविरोधी रहेको भन्दै कुनैपनि हालता पास गर्न नहुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्