![](https://reportersnepal.com/wp-content/uploads/2021/12/guru-a-768x430.jpg)
काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् ।
प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् ।
यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन लाईन र सडक सञ्जालका विषयहरु नेपालको हितमा रहेको बताए ।