Logo

ज्ञानेन्द्रसँग ५ बुँदे सहमति गरेको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चूनौति, नभए जनतासँग माफी माग्नुपर्ने (विज्ञप्तीसहित)



काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली झुट, बेईमानी र धोकाको अर्को नाम भएको तथ्यलाई ओली आँफैले प्रमाणित गरेको टिप्पणी गरेका छन् ।

ओलीले हिजोमात्रै प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच माघ १९ गतेको ‘कू’ घट्ना घट्दा ५ बुँदे सम्झौता भएको थियो भनेर बोलेका थिए । त्यसको भोलिपल्ट आज प्रचण्डले ओलीले बोलेको कुरा शत प्रतिशत झुटो भएको र ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको उल्लेख गरेका छन् ।उनले ओलीलाई पाँच बुँदे सहमति गरेको प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चूनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्