Logo

पञ्चमुखी गठबन्धन भन्दै दुर्गा प्रसाईले गठबन्धनलाई दिए एक लाख मान्छे उतार्न चुनौती (भिडियोसहित)



काठमाडौं, १ पौष । नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईले सत्तारुढ गठबन्धनलाई पञ्चमुखी गठबन्धनको संज्ञा दिएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले नेकपा (एमाले)को महाधिवेशनलाई कुम्भ मेला भन्ने गठबन्धनलाई पञ्चमुखी गठबन्धन भन्दै एक लाख मान्छे भेला गरेर देखाउन चुनौती दिएका हुन् ।

यस्तै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले गति छाडेको भन्दै आज आवस्यकता केपी शर्मा ओलीले नै रहेका दाबी गरे ।

‘मैले ‘प्रचण्ड’लाई आदर्श पुरुष मानेकै हो तर, आज उहाँले गतिछाड्नु भएको छ । आज आवस्यकता भनेको केपी शर्मा ओली हो । यो एमालेको मात्र नभएर राष्ट्रकै आवस्यकता हो’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्