Logo

देउवा प्यानलको ‘भोट क्रस’ ले प्रकाश र प्रदीप पराजित (विवरणसहित)



काठमडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मत परिणाम हेर्दा सभापति शेरबहादुर देउवा प्यानलको अधिकांश मत क्रस भएको देखिन्छ । देउवाले पहिलो चरणमा पाएको २२ सय मत र उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदारले पाएको मतसँग तुलना गर्दा उनीहरुको प्यानलको डा. प्रकाशशरण महत र प्रदीप पौडेलले पाएको मत क्रस भएको देखिएको हो ।

देउवा प्यानलका प्रकाशशरण र प्रदीप दुवैलाई दिइएको मत संख्या ६ सय छ । एउटै प्यानलको संयुक्त मत मात्र ६ सय छ । यो प्यालनको एकलौटी मतभन्दा तीन गुणाभन्दा कम हो ।

फरक प्यानलका प्रकाशशरण र गगन थापाले संयुक्त ३ सय मत पाएका छन् । प्रकाशशरण र विश्वप्रकाशले संयुक्त ५५० मत पाए । यसको अर्थ देउवा प्यानलबाट विश्वप्रकाशलाई ५५० जति मत क्रस भएको देखिन्छ। प्रकश र मिनेन्द्रले संयुक्त ५० मत पाए । प्रकाशशरण एक्लैले मात्र १०६ मत पाए । प्रकाशशरण र डा. राजाराम कार्कीले संयुक्त ५० मत पाए ।

प्रदीप पौडेल र गगन थापाले संयुक्त ६ सय मत पाए । यो मत दुवै प्यानलको देखिन्छ । प्रदीप पौडेल र विश्वप्रकाश शर्माले संयुक्त ८४ मत मात्र पाएका छन् । यसको अर्थ विश्वप्रकाशलाई गएको मतसँगै प्रदीपलाई निकै कम मत गएको छ । प्रदीपले एकल ५९ मत पाए ।

विश्वप्रकाश शर्माले गगन थापासँग संयुक्त १३ सय मत पाए । यो दुवै प्यानलको लोकप्रीय मत देखिन्छ । उनको एकले ८४ मत छ । प्रकाशशरणसँग विश्वप्रकाशले संयुक्त ६६ मत पाए । मीनेन्द्रसँग संयुक्त ५० मत प्राप्त गरे ।

गगन र विश्वप्रकाशको संयुक्त मत सबैभन्दा बढी १३ सय छ । त्यसपछि प्रदीपसँग संयुक्त ६ सय, प्रकाशशरणसँग ३ सय र एकल २७३ छ ।

गगनको एउटै प्यानलका मीनेन्द्र रिजालसँग जम्मा ५५० मत छ । जबकि यो प्यानलको मत १७ सय देखिन्छ । शेखर कोइरालाको प्यानलको एक हजार जति मत मीनेन्द्रलाई नगई विश्वप्रकाश र प्रदीपलाई गएको देखिन्छ । विशेषगरी शेखर कोइराला प्यानलको मत पनि विश्वप्रकाशलाई निकै बढी गएको मतको शैलीबाट देखिन्छ ।

नेन्द्र रिजाल र विश्वप्रकाशले ५० संयुक्त मत पाएका छन् । यसबाट पनि रिजाललाई नदिई विश्वप्रकाशलाई अधिकांश मत शेखर कोइरालाको प्यानलबाट गएको देखिन्छ ।

देउवा प्यानलबाट प्रदीप र प्रकाशरणलाई भन्दा बढी मत विश्वप्रकाश र गगन थापालाई गएको देखिन्छ । प्रकाशमान सिंहको प्यानलको मत पनि गगनले बढी लगेको देखिन्छ । शेखर कोइरालाको प्यानलको मत पनि मीनेन्द्रले भन्दा बढी विश्वप्रकाशले पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्