Logo

रूपन्देही आगलागीः सयममै दमकल नआउँदा बढी क्षति



रूपन्देही, पुस २। रूपन्देहीको लुम्बिनीस्थित बसपार्कमा गयराती भएको आगलागीमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राती दुई बजे सुरु भएको आगलागीबाट पसल, रेष्टुरेण्ट गरि १२ वटा पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणको लागि समयमै दमकल नआउँदा बढी क्षति भएको पीडितहरुको भनाई छ ।

व्यवसायीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाबाट दमकल बोलाएर आगो नियन्त्रणमा ल्याएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्