Logo

खेलाडीमाथी गरिएको कारबाहि पुनर्विचार गर्न खेलकुद मन्त्रीको आग्रह



काठमाडौं, २ पुस । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउदै पुर्नबिचार गर्न आग्रह गरेका हुन् ।

यस्तै मन्त्री गहतराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या समाधान गर्न क्यानका पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले खेलाडीको वर्गिकरणको विषयमा चासो राख्दै खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए ।



प्रतिक्रिया दिनुहोस्