Logo

चीनले ‘सीमा मिचेको’ मुद्दा उठाउने जीवन शाही काँग्रेस सहमहामन्त्रीमा पराजित



काठमाडौं, २ पौष । नेपाली काँग्रेसका नेता समेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको सहमहामन्त्रीमा पराजित भएका छन् । उनी बद्री पाण्डेसँग पराजित भएका हुन् ।

प्रखर वक्ता शाहीले चीनले हुम्लामा ‘सीमा मिचेको’ मुद्दा उठाउँदै आएका थिए । उनले हुम्लामा चीनले सीमा मिचेको प्रमाणहरुसहित विषय उठाएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्ययन गर्न टोली नै गठन गरेको थियो । उक्त प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

शाहीले मुख्यमन्त्री भएपछि पनि यो मुद्दा उठाउने बताउँदै आएका छन् । देउवा प्यानलका शाहीको पराजयलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्