Logo

केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु



काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्र्तगत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहिबेर अघिदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्