Logo

‘फाइजरद्वारा निर्मित खोपले बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न सकेन’



एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण गरिरहेको कम्पनीले शुक्रबार उक्त जानकारी गराएको हो।

बायोएनटेकसँग मिलेर कोभिड–१९विरुद्धको खोप निर्माण गरेको फाइजरले पुनः तेस्रो डोजसमेत बालबालिकामा लगाउने जनाएको छ। तेस्रो डोज दोस्रो डोज लिएको कम्तिमा दुई महिनापछि लगाइने कम्पनीले जनाएको छ । यसैगरी जन्मेको ६ महिनादेखि २ वर्षसम्मका बालबालिकामा पनि सोहीअनुरूप परीक्षण गर्ने कम्पनीले जनाएको छ।

सुरुवातमा बालबालिकामा लगाइएको खोपले प्रतिरोधात्मक क्षमता बलियो रूपमा विकास गर्ने तथा साइड इफेक्टको जोखिम पनि घटाउने देखाएको थियो। तर, पछिल्लो तथ्याङ्कले सोचे अनुरूप खोपले काम नगरेको बताइएको छ। यद्यपि अध्ययनको विस्तृत विवरण भने आउन बाँकी छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्