Logo

अवैध लागूऔषधसहित पक्राउ



चितवन, ३ पुस। भरतपुर महानगरपालिका-१ भतेरी जंगलबाट २ सय ४४ पिस नियन्त्रित लागूऔषध नोरफिन, डाईजेपाम र ट्रामासहित तनहुँ म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । ग.२० प ६१५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय कृष्ण बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्