काठमाडौँ, ३ पुस । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नंं १ ले सुःखद सुरुवाति गरेको छ ।
उदघाटन खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गरेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रन जोड्दै अलआउट भयो ।
कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन जोडिन् ।
प्रदेश नं १ का लागि अलिशा खडियाले सवाएधिक ५ विकेट हात परिन् ।
यस्तै, संगीता राईले २ विकेट लिइन् भने सबनम राईले १ विकेट हात पारिन् ।
यसघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ७६ रन जोड्दा अप्सरी बेगमले अविजित रहदै ६१ रनको बनाइन् ।
कर्णाली प्रदेशका लागि दिब्या धामीले २ विकेट हात लिइन् ।