Logo

कल्याण श्रेष्ठलाई नटराजको संज्ञा दिँदै जेपी गुप्ताको टिप्पणी : अहिले अप्रत्यासित रुपमा किन मौन हुन गए ?



काठमाडौं, ३ पुस । पूर्वमन्त्री जयप्रकाश गुप्ताले पूर्व प्रधानन्यायाधीश सुशिला कार्की र कल्याण श्रेष्ठलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको बारको प्रारम्भको आन्दोलनमा सुशिला महिषाशुर मर्दिनीको रुपमा देखिएको र कल्याण श्रेष्ठ नटराजको रुपमा देखिएको उल्लेख गरेका छन् । तर, अहिले दुवै जना किन मौन हुन गए ? भनेर उनले प्रश्न उठाएका छन् ।

गुप्ताले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“प्रधानन्यायाधिश चोलेन्द्रका विरूद्धको ‘बार आन्दोलन’ को प्रारम्भ कालमा ‘महिषाशूर मर्दिनी’ को रूपमा देखिएकी सुशीला कार्की र ‘नटराज’ का रूपधारी कल्याण श्रेष्ठ अहिले अप्रत्यासित रूपमा किन मौन हुन गए ? अघि स्नानागारमा ‘रेनकोट’ लगाएर नुहाउने गरेको बाहिरी संसारले थाहा पाउने भएर हो कि ?”



प्रतिक्रिया दिनुहोस्