Logo

आजै सत्तारुढ दलको बैठक बस्ने



काठमाडौं, ४ पुस । आज सर्वदलीय बैठक बस्नु अगाडी नै सत्तारुढ दलको बैठक बस्ने भएको छ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको हो ।

सर्वदलिय बैठक अगाडी सत्तारुढ दल भित्र एमसीसी लगायतका विषयमा छलफल र साझा धारणा बनाउन बैठक बस्न लागेको हो । आज ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् ।

सर्वदलिय बैठक अगाडी सत्तारुढ दल भित्र एमसीसीको बारेमा साझा धारणा बनाउन बैठक बस्न लागेको हो । आज ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।  सर्वदलिय बैठकमा आज एमाले सहभागी नहुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्