Logo

ओली-नेपालबीच अझै पानी बाराबार



काठमाडौं, ४ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कुनैबेला एउटै दलमा थिए । नेपाल र दल पार्टीभित्र एउटै गुटका निकट सहकर्मी थिए । अहिले यी नेताहरुबीच पानी बाराबारको अवस्था छ ।

ओलीले माधव नेपाल सहभागी कुनैपनि बैठक बहिष्कार गर्दै आएका छन् । नेपाली काँग्रेसको १४औं महाविधेशन उदघाटनमा भने हार्न नसकेर ओली पुगे । जहाँ माधव नेपाल अतिथिरुका रुपमा निम्तो गरिएका थिए ।

एमाले महाधिवेशनमा ओलीमाथि माधव नेपालले कटाक्ष गरे । त्यसपछि उनी ओलीको भाषण नसुनी हिंडे । ओलीले पनि नेपालमाथि कटाक्ष गरे । दुई नेताले नमस्कार गर्ने र फर्काउने सम्म गरेनन् ।

आज डाकिएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । ओली माधव नेपाल सहभागी बैठकमा सहभागी हुन चाहँदैनन् ।

एमालेले माधव नेपाललाई फरक दलको नेताका रुपमा स्वीकार्न चाहेको छैन । ओली र माधव नेपालबीच आरोप प्रत्यारोप चल्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्