Logo

कैलालीमा युवकको घाँटी रेटेर हत्या (फरार अभियुक्तको फोन रेकर्डसहित)



धनगढी, ४ पौष । कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको छ ।

हत्यापछि मनोज नाम गरेका युवकको फोन रेकर्ड सार्वजनिक भएको छ । उनले फोनमा टाउको छिनालेर सीमा कटिसकेको बताएका छन् ।

फोन रेकर्डमा घाँटी र शरीर अलग पारेको बताएका छन् । हत्या लागूऔषधको कारोबारसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
दासलाई रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि विभत्स तरिकाले हत्या गरेको खुलेको छ ।

हत्या गरिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् ।

घटना योजनावद्ध तरिकाले भएको खुलेको छ । अभियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँटी र शरीर अलग भएको र आफू फरार भइसकेको बताएका छन् । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घटनामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत विवाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।



प्रतिक्रिया दिनुहोस्