काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले एमसीसीलाई अब अनिर्णीत राख्नु नहुने बताएका छन् । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “एमसीसी विशुद्ध रूपमा अमेरिकी अनुदान हाे । यहाँ एमसीसीलाई आम जनताका बीचमा जबरजस्ती विवादास्पद बनाइनु आश्चर्यजनक छ । अब एमसीसीलाई अनिर्णित राख्नै हुन्न ।”
डा. महतले एमसीसीलाई देश र जनताकाे हितमा छैन, सैन्य प्रयाेजनका लागि हाे भन्नु नियाेजित प्राेपगान्डा भएकाे आराेप पनि लगाए । उनले थपे, “आम जनताले आधिकारिक दस्तावेज नपढ्ने भएकाले भ्रम सिर्जना गरिएकाे छ । जति प्राेपगान्डा गरे पनि ठीकलाई बेठीक, बेठीकलाई ठीक साबित गर्न सकिँदैन ।”
उनले प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजानु गैरजिम्मेवारी हुने बताए । साथै उनले कांग्रेस महामन्त्रीमा आफ्नाे पराजय षड्यन्त्र भएकाे पनि आराेप लगाए । डा. महतले भने, “मैले कम मत नपाउनुमा कसैलाई दाेष दिनु उचित छैन । तर मैले साथीहरूलाई कन्भिन्स गर्न सकेनछु । षड्यन्त्रका कुरा बिस्तारै खुल्दै जान्छन् ।”