काठमाडौं, ४ पुस । चितवन माडी बाँदरझुलाका सुकुम्बासीहरु लालपूर्जा प्राप्तिको माग राख्दै काठमाडौं आइपुगेका छन् ।
पिडितहरु आज काठमाडौंको बानेस्वरमा हाम्रो भुमीको लालपूर्जा देऊ, तिमीले थुनेको तर्कलाई तोडेर यहाँ आइपुगे, सरकारले मेरो घरमा आगो लगाइरहन्छ, न घर छ न जमिन, बाँदरझुला सुकुम्बासी बस्ती ब्यवस्थापन गर लगायतका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रीएका हुन् ।
उनीहरुले आफ्नो मौलिक हक समेत सरकारले पुरा नगरेको आरोप लगाएका छन् ।
सुकुम्बासी बस्तीको व्यवस्थापन गर्न माग गर्दै बाँदरझुला संघर्ष समितिले कार्यक्रमको आयोजन गरेको हो । तस्विरः मुकुन्द कालीकोटे