Logo

एमसीसीबारे साझा धारणा बनाउन माधव नेपालको पार्टीमा शीर्ष नेताहरुको छलफल



काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुबीच एमसीसीबारे आज छलफल भएको हो । माधव नेपालको पार्टीले एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै परिमार्जनको माग गर्दै आएकोछ । आजको छलफलमा पनि सो विषयमा कुराकानी भएको बताईएको छ ।file photo



प्रतिक्रिया दिनुहोस्