Logo

काँग्रेसमा सुनिलबहादुर, गोपाल दहित र गणेश लामाको अनुमोदन



काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको पदाधिकारीपछि सर्वाधिक चासोको चुनाव खुल्लातर्फको केन्द्रीय सदस्यको हो । काँग्रेसका हस्ती नेताहरु खुल्लातर्फको ३५ केन्द्रीय सदस्यक लागि भिडेका थिए । जसमध्ये अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरु पनि थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा सहमहामन्त्री मनोनित गरिएका थिए । उनी केन्द्रीय सदस्यको उम्मेदवार बने । शेरबहादुर देउवा प्यानलका थापाले बढी मत ल्याउने १४ भित्र आफूलाई पार्न सफल भए । यसरी थापाको काँग्रेसमा अनुमोदन भएको छ । उनले कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, पूर्वअर्थमन्त्री डा. रामशरण महतले भन्दा बढी मत ल्याए ।

विजयकुमार गच्छेदारनिकट गणेश लामा पनि ३०औं स्थानमा रहेर विजयी भएका छन् । उनी विवादास्पद पृष्ठभूमिका हुन् । डा. गोपाल दहित पनि ३४ स्थानमा रहेर विजयी भए । दुवै गच्छेदारसँगै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट काँग्रेसमा प्रवेश गरेका हुन् । दहित तत्कालीन राजा ज्ञानेन्द्रको पालामा सहायकमन्त्री बनाइएका थिए । उनी थारु समुदायका प्रभावशाली नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्