Logo

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको तयारीमा जुट्यो ठमेल



काठमाडौं, पुस ५ । लामो समय विदेशी पाहुना नआउँदा सुनसान बनेको ठमेल क्षेत्र कोरोनाको संक्रमण दर कम भएसँगै अंग्रेजी नयाँ वर्ष र क्रिसमस इभका लागि तयारीमा जुटेको हो। ठमेल मात्रै नभएर पछिल्लो समय राजधानीका होटल, मल, सपिङ सेन्टर, फिल्म हलमा समेत ‘क्रिसमस ट्रि’ सजाउन सुरु भइसकेको छ।

हिजोका दिनमा सरकारलाई राजस्व,विदेशी मुद्रा र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने राजधानीको ठमेल क्षेत्रमा विदेशी पाहुनाको चहलपहल बढिसकेको छ। लामो समय विदेशी पाहुना नआउँदा सुनसान बनेको ठमेल क्षेत्र कोरोनाको संक्रमण दर कम भएसँगै अंग्रेजी नयाँ वर्ष र क्रिसमस इभका लागि तयारीमा जुटेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने ठमेल क्षेत्रका होटल तथा रेस्टुरेन्टमा सजावट हुन थालेको हो। त्यसो त ठमेल मात्रै नभएर पछिल्लो समय राजधानीका होटल, मल, सपिङ सेन्टर,फिल्म हलमा ‘क्रिसमस ट्रि’ सजाउन सुरु भइसकेको छ। विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्ने पर्यटन व्यवसायी व्यग्र तयारीमा लागेका छन्।

पछिल्लो दुई वर्षदेखि पर्यटकको बाटो हेर्दै बसेको पर्यटन व्यवसायी पछिल्लो महिना नेपाल भित्रिएका पर्यटकको संख्या देखेर हौसियका मात्रै छैनन् आगन्तुकलाई हार्दिकता पस्कन प्रतिस्पर्धामै उत्रिएका छन्। पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहित आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन्।

व्यवसायी रात्रिकालीन मनोरञ्जन तथ होटल बसाइलगायत सेवामा विभिन्न विशेष अफर सार्वजनिक गर्न थालेका छन्। त्यस्तै ठमेलमा खुलेका गजल, लाइभ ब्यान्ड, क्लब, लाउन्ज रेस्टुराँ,डिस्को, दोहोरी साँझ, स्पा, मसाज सेन्टरलगायतले पनि नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर पाहुना तान्ने अफर सार्वजनिक गर्न थालेका हुन्।

मसाज सेन्टरले अफुरो, साउना, स्टिम, मसाजलगायत विभिन्न सेवामा छुटसहित योजना सार्वजनिक गरिरहेका छन्। ठमेल आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्न होटल तथा रेस्टुरेन्ट व्यवसायीले विभिन्न खानाका परिकारमा पनि छुटका योजना अघि बढाएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्