Logo

आजबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुँदै विश्वप्रकाश



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सोमबारबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् । नवनिर्वाचित महामन्त्री शर्माले आज पत्रकारसँगको कुराकानीको क्रममा नयाँ भुमिका पाएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिरीने स्पष्ट पारेका हुन् ।

प्रवक्तामा अर्का मानिसलाई जिम्मेवारी दिन र नयाँ व्यक्तिको भुमिकालाई बढावा दिन आफु बाहिरीन लागेको नेता शर्माले बताए । शर्माले पार्टीको धारणा र सुचनाको लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफु जति बेला पनि उपलब्ध हुनेपनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्