काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता गुरुराज घिमिरेले एमसीसीको सवालमा धेरैवटा सरकारले वकालत गरेको सुनाए । नेपालजस्ता अल्पवविकसित देशलाई यो परियोजनाले निकै ठूलो रकम दिने गरेको सुनाए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू एमसीसीको विरोधी नभएको जिकिर गरे ।
तर, एमसीसीको सवालमा नेपालमा जनमत विभाजित भएको उनको भनाई छ । उनले एमसीसीलाई लिएर नेतृत्व तहमा खासै विवाद नरहेको जिकिर गरे । तर, तल्लोस्तरमा भने कांग्रेसमा पनि कन्फ्युजन रहेको घिमिरेको भनाई छ ।