Logo

अब मेरो गुम्ने केही छैन : चन्द्र भण्डारी



काठमाडौँ, ५ पुस। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो जीवनमा धेरै कुरा गुम्नुका साथै लुटिएको बताएका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो जिवनमा धेरै कुरा गुमेका छन र लुटिएका पनि । तर मेरो एउटा स्थाई ठाँउ छ “सडक”!!! अब मेरो गुम्ने केही छैन । त्यो सडक यति मजबुत छ जसले शिर झुक्न दिदैन ।’ उनी केही दिनअघि कांग्रेस उपसभापाति पदमा पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्