Logo

म्याग्दीमा सडक निर्माणको क्रममा पहिरो गएपछि डोजर चालक बेपत्ता



काठमाडौं, ५ पुस । म्याग्दीको दग्नाममा सोमबार पहिरामा परेर एकजना बेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले स्काभेटर (डोजर) पुरिदाँ चालक बेपत्ता भएका हुन् । २७ वर्षीय डोजरका चालक भीमबहादुर खत्री बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन राहुघाट जलविद्यूत आयोजनाको सडक निर्माणको क्रममा पहिरो गएपछि बेपत्ता भएका चालक र स्काभेटरको खोजीमा सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानियवासीहरु जुटेका छन् । file Photo



प्रतिक्रिया दिनुहोस्