Logo

मदिरा सेवन गरेर श्रीमतीको हत्या गर्ने राई पक्राउ



काठमाडौं, ५ पुस । भोजपुर स्थायी घर भई भक्तपुर बस्दै आएका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सुर्यविनायक नगरपालिकामा बस्दै आएका भोजपुर केराबारीका जीवन राईले आइतबार राति श्रीमती मन्दिरा राईको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि राई फरार भएका थिए ।

दुवै दम्पत्तिले आइतबार साझ मदिरा सेवन गरेका थिए । सामान्य विवाद बढ्दै गएपछि उनीहरु बिच कुटाकुट भएपछि जीवनको कुटाइबाट मन्दिराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको एक छोरा समेत रहेका छन् । प्रहरीले जीवनलाई नियन्त्रणमा रहेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्