Logo

ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको छ : प्रचण्ड



काठमाडौँ, ५ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

आज (सोमबार) समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताएका हुन् ।

सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन। ‘ गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री देउवासँग छलफल भइरहेको उनले बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्