काठमाडौं, ५ पुस । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रविन्द्र मिश्रले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले पत्रमा मिश्रसहित सबै पार्टीका सदस्यहरुलाई सम्बोधन गरेर जवाफ फर्काएका छन् । मिश्रले पाण्डेलाई कारबाही गर्ने निर्णयसहित पत्राचार गरेका थिए । तर, पाण्डेले भने मिश्रले बोलाएको बैठक र गरेका निर्णय नै अवैधानिक भनेर दाबी गरेका छन् । पाण्डेले सुरुमै ‘सरी, राजतन्त्र मान्न सक्दिन्ँ । पञ्चायत पुज्न सक्दिनँ । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ । गणतन्त्र जिन्दाबाद।’ भनेर लेखेका छन् ।
हेरौं उनको जवाफ जस्ताको त्यस्तै :