Logo

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने



काठमाडौं, ५ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

कांग्रेसमा उनी सभापति शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर महामन्त्रीमा उनी पराजित भए । पराजित हुँनै लाग्दा उनले रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

उनले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उनलाईनै तोकेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्