काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले २१७१ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।
सुनुवार काँग्रेस ओखलढुंगाका पूर्वसभापति हुन् । उनका प्रतिद्वन्द्वीमध्ये टीकाराम सुब्बा लेप्चाले १०२३, ओमप्रकाश शर्माले ५३६, हरिबहादुर घलेले ६०९ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गरे । ६६३५ मत खस्दा ९० मत बदर भएको थियो ।