काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाले आफूलाई युवाहरुले पत्याएकोले केन्द्रीय सदस्यमा निर्वाचित भएको बताएका छन् । उनले आफू पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट चुनावी प्रतिष्पर्धामा उत्रिएको पनि स्मरण गराए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब पार्टीलाई सशक्त रुपमा अघि बढाउने पनि जिकिर गरे । उनले विजयकुमार गच्छदारको राजनीतिक कसरी समाप्त भयो भनेर भन्न सकिन्छ ? भन्दै प्रश्न गरे ।
उनले पार्टीमा पुस्तान्तरण भयो भनेर भन्नुभन्दापनि युवाहरुले पार्टीमा ठूलो योगदान पुर्याउनुपर्नेमा जोड दिए । उनले पार्टीलाई अझै सशक्त र प्रभावकारी ढंगले अघि बढाउनको लागि युवाहरुको काँधमा ठूलो जिम्मेवारी आएको पनि सुनाए ।