Logo

गृहमन्त्री बालकृष्ण खाँणले भनेः एमसीसी अगाडि बढ्छ



काठमाडौं, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए ।

‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा भने,‘एमसीसी धेरै अगाडि नै सम्झौता भएको हो । नेपालको विकासका लागि नेपाल सरकारले नै बढाएको हो ।’

एमसीसी ऋण नभई निशर्त अनुदान भएको उनको भनाई थियो । विद्युतीकरण र सडक निर्माणका लागि सरकारले नै प्रस्ताव गरेपछि अमेरिकाले विकास परियोजनालाई स्वीकारेर ल्याएको बताए ।

एमसीसीबारे भ्रमहरु देखिएको भन्दै त्यसमा अल्झन नहुने बताए । उनले भने,‘यो निशर्त अनुदान हो ।’ एमसीसीबारे दलहरुबीच छलफल चलिरहेको बताए । चाँडै निष्कर्ष निकालेर अघि बढिने उनको भनाई थियो ।

एमसीसी रोक्न सत्ता गठबन्धनकै दलहरु लागपरेको अवस्थामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणको पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्