Logo

प्रतिनिधिसभाको बैठक सम्पन्न, प्रेम सुवालले गरे एमसीसी खारेजीको प्रस्ताव



प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन प्रतिनिधिसभाको बैठक शुरु भएको केही बेरमै स्थगित् भएको हो । सभाको अर्को बैठक भोलि बुधबार ७ गते बस्ने सभामुख अग्नी सापकोटाले जनाएका छन् ।

यसै बीच सांसद् प्रेम सुवालले एमसीसी खारेजीको प्रस्ताव राखेका छन् । सांसद प्रेम सुवालले एमसीसी राष्ट्रघाती भएकाले कुनैपनि हालतमा पारित गर्न नहुने बताएका छन् । मंगलबारको संसद बैठकमा बोल्दै सुवालले कुनै न कुनै बहानामा एमसीसी तयारी भइरहेको भन्दै पास गरिए नमान्ने बताए ।उनले भने, ‘यो इन्डोप्यासीफिक रणनीतिअन्तर्गत आएको परियोजना हो। राष्ट्रघाती सम्झौतालाई हामी मान्दैनौं।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्कोले दशौँ अधिवेशनको बैठक पनि अवरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्