काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटातर्फ केन्द्रीय सदस्यमा पाँचजना निर्वाचित भएका छन् । मधेसी आरक्षण कोटाबाट व्यवसायी विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, दिनेशकुमार यादव र अजय चौरासिया केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
चन्द्रमोहन यादव पुर्वराष्ट्रपति रामवरण यादवको छोरा हुन् । आज भएको मधेसी समुहतर्फको मतगणनाअनुसार चन्द्रमोहनले २१३८ मत प्राप्त गर्दै निर्वाचत भएका हुन् । सबैभन्दा धेरै लोकप्रिय मत अजय चौरासियाले प्राप्त गरेका छन् । उनले २५२२ मत प्राप्त गरेका छन् ।
अन्तिम गणनामा प्राप्त मत
अजय चौरासियाः २५२२
विनोद चौधरीः २२०६
चन्द्रमोहन यादवः २१३८
महेन्द्रकुमार रायः १९८४
दिनेशकुमार यादवः १९५९