Logo

एमसीसीको कारण गठबन्धन टु्ट्दैन, अमेरिकाले पास गर्नको लागि कुनै दबाब दिएको छैन : मन्त्री झाँक्री (भिडिओसहित)



काठमाडौं, ७ पुस । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी पारित गराउने वा असफल गराउने भनेर आफू दुवैतिर नलाग्ने स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारणा भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्–‘यहाँ म दुुईवटै कुरा नगर्ने, प्राइम टिभीमा । म मन्त्रिपरिषदको सदस्य भएबापत क्याविनेटमा यो प्रस्ताव आउँदैन् । मैले त्यहाँ छलफलमा भाग लिएँ, सरकारको मन्त्री बोल्ने त अर्थमन्त्रीले टेबुल गर्ने हो । त्यो मैले पनि गर्ने होईन् । अर्को कुरा, यो अघिल्लो सरकारले ल्याईसकेको छ । त्यो पनि गर्नुपरेन । सभामुखले चेयर गर्ने हो, त्यतिमात्रै जान्नुपर्छ । पार्लियामेन्टेरियनहरुले पारित गर्ने हो, त्यो २७५ जनाको टिमले गर्ने कुरा हो । सरकारले ल्याउनुपर्ने कुरा अघिल्लै सरकारले ल्याईसक्यो । यसमा फेरि मैले आएर प्राइम टिभीमा भोट हाल्नुपनि पर्दैन् ।’

उनले एमसीसीको कारणले अहिलेको पाँच दलीय गठबन्धन नटुट्ने पनि जिकिर गरिन् । उनले एमसीसीलाई लिएर गठबन्धनमा कुनै असहमति नहुने पनि बताईन् । एमसीसी पारित गर भनेर अमेरिकाले कुनै दबाब नदिएको पनि उनले स्पष्ट पारिन् ।

 



प्रतिक्रिया दिनुहोस्