Logo

उपसभापति पूर्णबहादुर खड्कामाथि किन खनिए दीपक गिरी, हिसाबकिताब हुने चेतावनी (भिडिओसहित)



काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीले डा. शशांक कोइराला महामानव विपी कोइरालाको पुत्र भएकोले अब हरेक कुरामा ड्यासिङ ढंगले आउनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँ अब ड्यासिङ ढंगले आउनुपर्छ । सहीलाई सही भन्नुपर्छ । गलतलाई गलत भन्नुपर्छ ।’ उनले आफूहरुको समूह यसपटक अल्पमतमा भन्दापनि अलपत्र परेको स्विकारे । उनले सभापतिमा निर्वाचित शेरबहादुर देउवाले बोल्ड तवरले पार्टी चलाउनुपर्ने बताए ।

उनले भने,‘अब सभापति यो ग्रुप, त्यो ग्रुप, उहाँलाई जसले घुमाउन खोजेको छ नि, आदरणीय उपसभापति जित्नुभएको छ नि, पूर्ण खड्काजी, पूर्ण खड्काजीले जुन राजनीति गर्नुभयो, त्यो राजनीतिको हिसाबकिताब होला । जसरी उहाँले कन्सपिरेसी बिल्डअप गरिरहनुभएको छ, त्यसले उहाँलाई पनि छोड्दैन् ।’



प्रतिक्रिया दिनुहोस्