काठमाडौं, ८ पुस । कैद भुक्तान गरिरहेका कुख्यात अपराधी चाल्स शोभराज आज सर्वोच्च अदालत पुगेका छन् । शोभराज बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् ।
उनलाई केन्द्रीय कारागारमा जेलभुक्तान गरिरहेका छन् । उनले आफ्नो रिहाईको माग गर्दै पटक–पटक सर्वोच्चमा रिट दायर गर्दै आएका छन् । उनको रिट निवेदन आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पहिलो नम्बरमा मुद्दाको पेशी चढेको छ ।
नेपालमा विदेशी पर्यटक लोरेन्ट क्यारियरको हत्या गरेको आरोपमा उनी जेलमा छन् । उनले धेरै महिलाहरुको हत्या गरेको प्रमाणित भइसकेको छ ।