Logo

अहिले पनि गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड



काठमाडौँ, ९ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताकाविरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् । तिनले प्रतिगमनको प्रतिनिधित्व गरेका छन् भने अर्कोतिर परिवर्तनको रक्षा गर्दै अघि जाने दृढतासाथ अघि बढ्न मोर्चाबन्दी गर्दैछन्।’ उनले यसअघि एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भर्‍याङको रुपमा प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेको प्रचण्डको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्