Logo

कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य तथा सञ्चारमन्त्रीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशद्वारा शुभकामना व्यक्त



काठमाडौँ, १०, पुस । नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशको कार्यसमितिले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय सदस्य, सञ्चारमन्त्रीलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ ।

खेलकुद संघ बाग्मती प्रदेशको तर्फबाट आज (शनिबार) १४औँ महाधिवेशनबाट निर्वाचित सञ्चारमन्त्री ज्ञान बहादूर कार्की, केन्द्रिय सदस्यमा निर्वाचित नेता मोहन बहादुर बस्नेत र धादिङबाट पहिलो पटक केन्द्रिय सदस्यमा निर्वाचित भएका दिलमान पाखरिनलाई सफल कार्यकालको शुभकामना दिएको खेलकुद संघ बाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले बताएका हुन् ।

संधका सदस्य शंकर धमलाका अनुसार नवनिर्वाचित सदस्य तथा मन्त्रीलाई बधाई दिएसँगै कांग्रेसको आगामी कार्यक्रम र नितिलाई प्रभावकारी बनाउन पहल गरिएको छ । कांग्रेसलाई बलियो बनाउन निर्णायक ढंगले सदस्यहरुलाई प्रस्तुत हुन् संघले सुझाएको छ ।



प्रतिक्रिया दिनुहोस्