Logo

कांग्रेस जनजाति तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित पाखरिनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशद्वारा शुभकामना व्यक्त



काठमाडौँ, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जनजाति तर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका दिलमान पाखरिनलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले सफल कार्यकालको बधाई तथा शुभकामना दिएको छ । धादिङबाट पहिलो पटक कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका पाखरिनलाई संघले आज (शनिबार)हार्दिक बधाई तथा शुभकामना दिएको अध्यक्ष दीपक गरुङले बताएका हुन् ।

जनजाति तर्फबाट निर्वाचित पाखरिनलाई संघले बधाई दिएसँगै कांग्रेसलाई क्षेत्रमा थप अग्रसर र प्रभावकारी बनाउन समेत खेलकुद संघ बाग्मती प्रदेशले सुझाएको संघका सदस्य शंकर धमलाले बताएका छन् । कांग्रेसमा गुठ उपगुठ भन्दा माथि आएर पाखरिनलाई कार्य गर्न संघले सुझाएको छ ।

धादिङबाट पहिलो पटक नर्वाचित दिलमान पाखरिनका बाबु दामन पाखरिन क्रान्तिकारी छवीका नेता थिए भने उनी कांग्रेस घादिङको सभापति समेत भइसकेका हुन् । प्रधानमन्त्री शेरबहादूर देउवाका पालामा विगतमा कानुन राज्य मन्त्री भइसकेका पाखरिन ब्रीतिश आर्मीमा कार्यरत रहँदा पनि उनी एथलेटीक र बक्सिङमा निकै रुचि राख्दथे । । उनी खेलकुदमा निकै रुची राख्ने गरेको संघका सदस्य शंकर धमलाले बताए । पाखरिनले बाग्मती खेलकुद क्षेत्रलगायत नेपालभरीका खेलकुद क्षेत्रलाई उकास्न महत्वपूर्ण भूमिका खेल्ने समेत प्रतिबद्वता पाखरिनले लिएको संघका सदस्य धमलाले बताए ।



प्रतिक्रिया दिनुहोस्