Logo

एमाले अध्यक्ष ओली तीन दिनका लागि झापा पुगे



काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् । उनी झापामा तीन दिन रहने जनाईएको छ ।

पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिन तीन दिनका लागि ओली गृहजिल्ला झापा पुगेको पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्