Logo

प्रचण्डको आरोप : एमालेले गठबन्धन तोड्न प्रयास गरिरहेको छ



काठमाडौं, १० पुस । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेले अझैपनि संसद्लाई विघटनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । तर, आफूहरुले कुनैपनि हालतमा संसद् विघटन हुन नदिने उनले स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिले संसदभित्र एमालेले जात्रा देखाईरहेको छ । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो होईन् ।’ पार्टीको राष्ट्रिय सम्मेलन सुरु हुने अघिल्लो दिन आज (शनिबार) सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संसद्को गतिरोध अन्त्यको लागि आफूहरुले पहल गरिरहेको सुनाए । यसको लागि एमालेलाई मनाउनको लागि आफू र प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास नै जान लागेको पनि बताए । संसद्को अवरोध हटाउनको लागि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेकोले आफूहरु नै जान लागेको पनि दाहालले सुनाए ।



प्रतिक्रिया दिनुहोस्