वीरगन्ज, १० पौष । आजादीको अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा आज काउन्सलर गुनासोका लागि खुला मञ्चको आयोजना भयो । वाणिज्य दूतावास परिसर भित्र उक्त कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमार द्वारा गरिएको थियो । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गर्नु रहेको जनाइएको छ । कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।