Logo

माओवादी केन्द्रको महाधिवेशनस्थलमा पुगे माधव नेपाल



काठमाडौ, ९ पुस । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पुगेका छन् । यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका थिए ।

आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पु¥याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्