Logo

दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको मात्रिका यादवको टिप्पणी



काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मात्रिका यादवले राजनीतिक दलमा पुस्तान्तरणको कुरा पुँजीवादी शैली रहेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अनुभवी नेतालाई हटाएर नजानेका नेतालाई नेतृत्व दिने विषय पुँजीवादी शैली रहेको बताए ।

क्रान्तिलाई बीच बाटोमा छाडेर जाने विषय उचित नरहेको भन्दै उनले एमाले र माओवादीबीच एकता भएर गठन भएका नेकपा विभाजन कसले गरायो ? प्रश्न गरे ।  ‘प्रचण्डजी समाजवादी क्रान्तिमा सहमत हुनुभयो । कोही प्रधानमन्त्री बन्न एकता गर्नुभयो’, उनले भने, ‘सबै कुरा सर्वसर्वा भनेर नमान्दा विभाजन भयो ।’



प्रतिक्रिया दिनुहोस्