Logo

प्रचण्डको सामु देउवाको प्रश्न: एमसीसी राष्ट्रघाती कहाँ छ ?



काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी राष्ट्रघाती नभएको टिप्पणी गरेका छन् । उनले आफूले राष्ट्रघाती सम्झौता गर्नैै नसक्ने बताए ।

‘एमसीसी राष्ट्रघाती कहाँ छ ?’ आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै देउवाले प्रश्न गरे,‘पहिले पढ्नुपर्यो नि, कहाँ छ राष्ट्रघाती कुरा ।’

आफूहरुको बीचमा एमसीसीबारे छलफल भइरहेको बताए । एमसीसी देशको हितमा भएको बताए । उनले भने,‘सित्तैमा आएको पैसा हो । सित्तैमा आएको पैसा चाहिंदैन भन्ने ?’ एमसीसी नेपालको कानुन मान्छु भनेर आएको बताए ।

एमसीसी विना संशोधन पारित हुननसक्ने भनी प्रचण्डले भनिरहँदा देउवाले उनकै दलको महाधिवेशनमा पारित गर्नेतर्फ बढ्ने संकेत गरे । उनले एमसीसीबारे भ्रम फैलाइएको भन्दै आलोचना गरे ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्