काठमाडौं, ११ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा थोरै बोल्ने नेताका रुपमा परिचित छन् । उनी केही मिनेट मात्र बोल्छन् । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा ४ घन्टा भन्दा बढी बसेका देउवाले केही लामो भाषण गरे ।
देउवाको आजको भाषण फरक नै थियो । नेकपा एमालेको मात्र नभई आफू नेतृत्वको दल नेपाली काँग्रेसको महाधिवेशनमा पनि देउवाले छोटो बोलेका थिए । तर, माओवादीको महाधिवेशनमा उनले लामो बोले ।
देउवाले प्रचण्डको सुरुमै प्रशंशा गरे । संविधानसभा प्रचण्डकै कारण भएको बताए । देश आजको अवस्थामा आउनुमा प्रचण्डको मुख्य अगुवाई भएको बताए ।
देउवाले सत्ता गठबन्धन कसैको विरोधका लागि नबनेको बताए । उनले गठबन्धन लामो समय जाने, संसदको आयु पूरा अवधि हुने बताए । उनले गठबन्धन अझ अगाडि जाओस् भन्ने चाहना भएको बताए ।
अन्तमा देउवाले एमसीसीबारे बोले । राष्ट्रघाती नभएको तर्क गरे । देउवाले एमसीसी पारित गर्नेतर्फ बढ्ने संकेत पनि गरे । एमसीसीबारे बोल्नका लागि देउवाले लामो बोलेका थिए ।